शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रतुवा खोलाको बाढी बस्तीमा पस्यो

सोमबार, ०६ असार २०७९, ०८ : २९
सोमबार, ०६ असार २०७९

झापाको रतुवा खोलामा आएको बाढी बस्तीमा पस्दा एक दर्जनभन्दा बढी घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अविरल वर्षाको कारण रतुवा खोलामा आएको बाढी आइतबार राति करिब ९:४५ बजे दमक नगरपालिका–७ रेडक्रस भवन पछाडि खोला किनार नजिक रहेको वस्तिमा पसेको थियो ।

बाढी पसेर सो स्थान बस्ने विष्णु लिम्बु, सुवास लिम्बु, रामकुमारी लावती, गोमा तामाङ लगायत १३ जनाको घरमा क्षति पुगेको प्रहरीको भनाइ छ । उनीहरूलाई नेपाल प्रहरी र स्थानीय मानिसहरूको सहयोगमा उद्धार गरी सुरक्षित स्थान (आफन्तहरूको घर) तर्फ सारिएको थियो ।

मंगलबार बिहान रतुवा खोलामै आएको बाढीको कारण गौरादह न.पा.वडा नं.६ स्थित टंगुवा बस्तीमा पानी पसेर करिब २५ घर डुबानमा परेको छ । डुबानमा परेको खबर प्राप्त हुना साथ प्रहरी टोली पुग्दा बस्तीमा २ फिट पानी पसेको र अन्य क्षति नभएको पाइएको थियो । सूचना अधिकारी वसन्त पाठकका अनुसार पानी घट्ने क्रममा रहेकोले सो स्थानका मानिस त्यहीँ नै बसेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप