जनलोकपाल आयोगका पदाधिकारीको गुनासैगुनासो
मधेस प्रदेश जनलोकपाल आयोगका पदाधिकारीले कर्मचारीको लापरबाहीका कारण बजेट फ्रिज हुने अवस्थामा पुगेको आरोप लगाएका छन् । आयोगका निमित्त कार्यालय प्रमुख दानीक्रान्त झाको लापरबाहीका कारण आयोगको करोडौं बजेट फ्रिज हुने अवस्थामा पुगेको आयोगका पदाधिकारीको आरोप छ ।
आयोगका अध्यक्ष रामसहाय यादवका निमित्त प्रमुख झाले काम गर्न आलटाल गर्ने गरेकोले करोडौं बजेट फ्रिज हुने अवस्थामा पुगेको बताए । आयोग नयाँ संरचना रहेको भवनको मर्मत सम्भारको २० लाख, कम्प्युटर, एसी, लगायतका समान खरिदको २० लाख, कुर्सी टेबल, लगायतका फर्निचर लगायतका समान खरिदको लागि २० लाख, ४ वटा सवारी खरिदको ३ करोड रकम कार्यालय प्रमुख लापरवाहीको कारण फ्रिज हुने अवस्थामा पुगेको अध्यक्ष यादवले बताए ।
सवारी खरिदका लागि जेठ ५ गते टेण्डर गरिए पनि अन्य समान खरिदका टेण्डर गर्न प्रमुख झाले अनाकानी गरिरहेको उनीहरुको भनाइ छ । भवन मर्मत सम्भारको लागि चालु आर्थिक वर्षमा ३० लाख बजेट विनियोजन गरिएकोमा छ । तर समयमा टेण्डर नगर्दा त्यसको पनि १० लाख रकम फ्रिज हुने पुगेको उनले बताए ।
इलेक्ट्रोनिक्स सामग्री खरिदका लागि मुख्यमन्त्री कार्यालयका प्राविधिकले प्रक्रिया अगाडि बढाइ सकेकामा झाले टेण्डर निकाली कोटेशनको भरमा समान खरिद गर्ने दाउमा रहेको उनले बताए । आर्थिक अनियमितता, सुशासन पालन गर्ने संस्था भएकोले ऐन कानुन सम्वत खरिद हुनुपर्नेमा जोड दिइरहेका छौँ,' अध्यक्ष यादवले भने,‘ हामी कोटेशनभन्दा टेण्डरको मार्फत समान खरिद गर्नुपर्ने हाम्रो भनाइ हो ।
निमित प्रमुख दानी कान्त झालाई मोबाइलमा फोन गर्दा सम्पर्कमा आएनन् ।