सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

घरेलु हिंसा विरुद्धमा जुट्यो पातारासी

सोमबार, ०६ असार २०७९, ०७ : ५०
सोमबार, ०६ असार २०७९

जुम्लाको पातारासी गाउँपालिका घरेलु हिंसा विरोधी अभियानमा जुटेको छ । अपाङगता भएका व्यक्ति र महिलामाथि हुने सबै प्रकारका हिंसा रोक्न लागिपरेको हो । पालिका स्तरमा अभिभुखीकरण गर्ने र सचेतीकरणका माध्यमबाट सचेतना फैलाएर हिंसा न्युनिकरणमा जुटेको हो । नेपाल अपाङ्ग महिला सघं जुम्लाको आयोजना तथा पातारासी गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखाको साझेदारीमा हिंसा विरोधी क्रियाकलाप भइरहेको महिला बालबालिका शाखा प्रमुख भगवती गिरीले जानकारी दिइन् । 

पालिकामा बन्ने भौतिक सरंचना सबै अपाङ्गता मैत्री बनाइनुपर्ने,वडास्तर देखि पालिका सम्म अपांगता भएका व्याक्तीहरु सिपमुलक र आयआर्जनका कार्यक्रम ल्याउनु पर्नेमा जोड दिइएको छ । पातारासी गाउँपालिका अध्यक्ष पुनसिंह बोहोराले सबै किसिमका महिला माथि हुने हिंसा अन्त्य गर्न महिलालाई सचेत बनाउनु आवश्यक रहेको बताए । गाउँपालिकाले अपांङगता भएका महिला हिंसा अन्त्य र महिला अधिकारका पक्षमा काम गर्न महिलाहरूको सशक्तिकरणका लागि आवश्यक  बजेट  विनियोजन गरिने बताए । 

महिला हिंसा अन्त्यका लागि महिलालाई सशक्तिकरण गर्ने र यस विषयमा नीति कार्यक्रम ल्याउन जोड रहने बताए । पातारासी गाउँपालिका ३ वडा अध्यक्ष गोविन्द्र रावतले अपांग मात्रै नभइ सबै महिलाहरुका लागि विशेष खालका कार्यक्रम गरिने बताए । समाजमा फरकक्षमता भएका व्याक्तीहरुलाइ गरिने व्यवहार र हेर्न दृष्टिकोण समान हुनुपर्ने बताए । अभिमुखीकरण कार्यक्रममा ३३ जनाको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप