सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सार्क क्षेत्रीय भेटेरिनरी एसोसिएसनको महासचिवमा श्रेष्ठ चयन

सोमबार, ०६ असार २०७९, ०६ : ४०
सोमबार, ०६ असार २०७९

सार्क क्षेत्रीय भेटेरिनरी एसोसिएसनको महासचिवमा डा. शितलकाजी श्रेष्ठ सर्वसम्मतले चयन भएका छन् । नेपाल भेटेरिनरी एसोसिएसनको १४ औँ राष्ट्रिय सम्मेलनमा भएको सार्क क्षेत्रीय भेटेरिनरी एसोसिएसनको पहिलो बैठकबाट सार्क क्षेत्रीय भेटेरिनरी एसोसिएसनमा महासचिवमा डा. श्रेष्ठ सर्वसम्मतले चयन भएका हुन् ।

उक्त एसोसिएसनको महासचिवमा चयन भएका श्रेष्ठ नेपाल भेटेरिनरी एसोसिएसनको वर्तमान अध्यक्ष पनि हुन् । त्यस्तै भारतीय भेटेरिनरी एसोसिएसनका अध्यक्ष सार्क क्षेत्रीय भेटेरिनरी एसोसिएसनको अध्यक्षमा चयन भएका छन् । बैठकमा सार्क राष्ट्रहरूमा भएको सङ्गठनहरूको प्रतिनिधित्व थियो । र उक्त सार्क क्षेत्रीय भेटेरिनरी एसोसिएसनको पहिलो बैठकले सचिवालय नेपालमा राख्ने निर्णय गरेको छ ।

नेपाल भेटेरिनरी एसोसिएसनको उक्त १४ औँ राष्ट्रिय सम्मेलनमा भएको उक्त बैठकमा सार्कको पशु तर्फको डाइरेक्टर जमाल उद्दीनकाे पनि उपस्थिति रहेको थियो । उक्त १४ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालय गण्डकी प्रदेशका मन्त्री चन्द्र बहादुर बुढाले गरेका हुन् । सम्मेलनमा ५ सय भेटेनरी चिकित्सकहरूको उपस्थिति रहेको थियो । त्यस्तै सम्मेलनमा ७० वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । उक्त २ दिने सम्मेलन पोखरामा सम्पन्न भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप