आजको मौसम : वर्षा नभएका क्षेत्रमा तापक्रम वृद्धि, सतर्कता अपनाउन आग्रह

हाल देशको प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। साथै स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको पनि प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
महाशाखाले सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, मधेस प्रदेश, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। उक्त प्रदेशहरूको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/ यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । वर्षा नभएका क्षेत्रहरूमा तापक्रमको वृद्धिका कारण हुन सक्ने असरहरूबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले आग्रह गरेको छ।
त्यस्तै मंगलबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै र बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा रिसाएका नारायणकाजी श्रेष्ठ चितवनमा
-
आज २५ अर्ब रुपैयाँको निक्षेप उपकरण बोलकबोल गर्दै राष्ट्र बैंक
-
पहिलो पटक आपसमा भिड्दै दुई महारथी अस्ट्रेलिया र दक्षिण अफ्रिका
-
विदेशमा अध्ययन पुरा नगरेकालाई काठमाडौँ विश्वविद्यालयले पुनः पढ्न दिने
-
उत्तर कोरियाली ह्याकरले एकै पटकमा चोरे डेढ अर्ब डलरको क्रिप्टोकरेन्सी
-
महाशिवरात्रिका तीनवटै फिल्मको बुकिङ खुल्ला, कसले कति पाए शो ?