बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

आइतबार, ०५ असार २०७९, २३ : २९
आइतबार, ०५ असार २०७९

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आज राति १२ः ०० बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमले गरेको मुल्यवृद्धिअनुसार पेट्रोल प्रतिलिटर रु १९९  र डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर रु १९२ पुगेको छ ।

निगमले आइतबार राती एक विज्ञप्ति जारी गरी पेट्रोलको साविकको खुद्रा बिक्री मूल्यमा रु २१ ले वृद्धि गरी प्रतिलिटर रु १९९ सय रुपैयाँ तथा डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा रु २७ ले वृद्धि गरी प्रतिलिटर रु १९२ रुपैयाँ कायम गरिएको जनाएको छ ।

त्यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ रु १९ ले वृद्धि गरी प्रतिलिटर १८५ र हवाई इन्धन (बाह्य) तर्फ अमेरिकी डलर १०० ले वृद्धि गरी प्रतिकिलो लिटर अमेरिकी डलर १,६४५ कायम गरिएको जनाएको छ । निगमले एलपी ग्यासको खुद्रा मूल्य भने हाललाई यथावत नै राखिएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप