बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

भरतपुर प्रज्ञा प्रतिष्ठानले पायो पूर्णता

आइतबार, ०५ असार २०७९, २२ : ५५
आइतबार, ०५ असार २०७९

भरतपुर प्रज्ञा प्रतिष्ठानको कार्य समितिले आइतबार पूर्णता पाएको छ ।भरतपुर महानगर सभाहलमा प्रतिष्ठानको पहिलो बैठकमा थप ६ जना सदस्यले सपथ लिएसँगै समितिले पूर्णता पाएको हो । गत चैत्र १५ गते स्थापना भएको संस्था ३१ सदस्यीय समितिले पहिलो बैठकसँगै पूर्णता पाएको छ । उपप्रमुख चित्रसेन अधिकारी, ३ जना कार्यपालिका सदस्यसहति ६ जनाले सपथ लिएका छन् ।

प्रतिष्ठानका कुलपति तथा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ६ जनालाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन् । स्थानीय तहको निर्वाचनले गर्दा प्रतिष्ठानले कुनै पनि गतिविधि सञ्चालन गरेको थिएन । भरतपुरको  संकृति, साहित्य, सभ्यताको संरक्षण, जगेर्ना र उत्थान गर्न प्रतिष्ठानको स्थापना भएको हो ।

प्रतिष्ठानमा कला, साहित्य, संस्कृति लगायतका विभिन्न क्षेत्रका व्यतित्वहरु प्रतिनिधित्व रहेको छ । सपथ ग्रहण गराएसँगै महानगर प्रमुख रेनु दाहालले प्रतिष्ठानले भरतपुर तथा समग्र राष्ट्रको वौद्धिक विकासमा महत्वपूर्ण योगदान रहने उल्लेख गरिन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप