दुबईका राजकुमार सहभागी कार्यक्रममा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सर्कुलर
नेपाल भ्रमणमा आएका दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला सहभागी कार्यक्रममा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सर्कुलर गरिएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईको निमन्त्रणामा आएका उनी अहिले झापामा छन् । प्रहरी प्रधान कार्यालयले उनी सहभागी कार्यक्रममा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सर्कुलर गरेको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
आइतबार बिएमसी मेडिकल कलेजमा आयोजित कार्यक्रममा सहभागी शेख मोहम्मदले सुरक्षाको कारण केचनावल लगायत दुई ठाउँमा जाने कार्यक्रम रद्ध गरेका थिए । सोमबार शेख मोहम्मद पोखरा जाँदैछन् । परराष्ट्र मन्त्रालयको आग्रहमा उनको सुरक्षा व्यवस्था कडा बनाउन सर्कुलर गरिएको प्रहरी प्रधान कार्यालयका ती अधिकारीले बताएका छन् ।
३ दिने नेपाल भ्रमणमा आएका राजकुमारले मेडिकल व्यवसायी प्रसाईलाई सुनको लौरो उपहार दिएका छन् । सो ‘लौरो’ कसरी विमानस्थलबाट भित्रियो बन्नेबारे आम चासो छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले लौरो भित्रिएकोबारे जानकारी नभएको जनाएको छ ।
सरकारले उनको औपचारिक कार्यक्रम रोकेको हल्ला चलेपनि त्यसबारे आफुलाई थाहा नभएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणि पोखरेलले रातोपाटीलाई बताए । पोखरेलले भने– ‘पर्यकटको रुपमा आएका मान्छेलाई हामी रोक्दैनौ, खर्च गरुन भन्ने नै हाम्रो चाहना हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का
-
टर्कीका राष्ट्रपतिद्वारा सिरियाली शरणार्थी फिर्ता गर्न इयुसँग आग्रह
-
अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा
-
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
-
अधिकांश क्यानडेली अमेरिकी बन्न चाहन्छन् : ट्रम्प
-
ओस्कारबाट बाहिरियो ‘शाम्बाला’