नेकपा बहुमतका नेताहरुसँग प्रधानमन्त्री देउवाले भने- बन्दी रिहा र मुद्दा फिर्ता लिन तयार छु
नेत्रविक्रम चन्द विप्लवबाट अलग भएका नेकपा बहुमतका नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । नेकपा बहुमतका नेताहरुले आइतबार ५ बजे बालुवाटारमा प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् ।
भेटमा नेकपा बहुमतका संयोजक धर्मेन्द्र बाँस्तोला, नेताहरु हेमन्त प्रकाश ओली, गुणराज लोहनी, उदयबहादुर चलाउनेलगायतका थिए । प्रधानमन्त्री देउवासँगको भेटमा नेकपा बहुमतका नेताहरुले प्रतिबन्धको समयमा पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ताको माग गरेका थिए । संयोजक बास्तोलाले निश्चित समय तोकेर आफ्ना नेता तथा कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ता गर्न आग्रह गरेका थिए । भेटमा प्रधानमन्त्री देउवाले मुद्दा फिर्ता र बन्दी रिहा तत्काल हुने प्रतिवद्धता व्यक्त गरेका थिए । साथै देउवाले गृह मन्त्री बालकृष्ण खाणलाई फोन गरेर तीन बुँदे सहमति कार्यान्वयनका विषयमा जानकारी लिएको नेता हेमन्त प्रकाश ओलीले जानकारी दिए ।
यस्तै नेकपा बहुमतका नेताहरु सोमबार गृह मन्त्री खाणसँग पनि भेट गर्ने उनले जानकारी दिए । नेकपाका बन्दी भएका ४३ जनाको लिष्ट प्रधानमन्त्री देउवालाई बुझाइएको छ । ‘हामीले सरकारसँग तीन बुँदे सहमति गरेको ३ बर्ष पति भयो । तपाईहरुले माग पुरा गछौँ गछौँ भन्दा पनि भएन’, रातोपाटीसँग कुरा गर्दै नेता ओलीले भने, ‘अब तत्काल बन्दी रिहा र मुद्दा फिर्ता लिनु पर्यो । सबै मागहरु सम्बोधन गर्नु पर्यो भनेर हामीले आफ्ना कुरा राखेका छौँ ।’ नेकपा विप्लव र बहुमत नेकपाका नेताहरुले प्रधानमन्त्री लगायत शिर्ष नेताहरुलाई पटक पटक भेटेर आफ्ना कार्यकर्ता रिहाइ र मुद्दा फिर्ताको माग राख्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले हेटौंडा कमिटीको अध्यक्षमा कार्की निर्वाचित
-
एकीकृत समाजवादीको कार्ययोजना पारित
-
रविलाई थप ४ दिन म्याद माग्दै प्रहरी
-
अल्छे सांसदले बैठक ‘बङ्क’ गर्दा ‘पङ्गु’ बन्दैछन् संसदीय समितिहरू
-
भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका ‘लुटेरा’ सिराहाबाट पक्राउ
-
केपी ओली भारतलाई देखाइदिने मनसायले हारगुहार गरेर चीन जानुभएको हो : पुन