शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भर्जिनियामा नेपाली चलचित्र ए मेरो हजुर ४ प्रदर्शन हुने

आइतबार, ०५ असार २०७९, २२ : ००
आइतबार, ०५ असार २०७९

नेपालमा अत्यधिक सफलता प्राप्त गरेको नेपाली चलचित्र ए मेरो हजुर ४ प्रथम प्रदर्शन डिसी क्षेत्रको भर्जिनियामा पनि हुने भएको छ । नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक) ले उक्त चलचित्रको प्रदर्शन गर्ने भएको हो ।
 उक्त चलचित्रको समन्वय न्याककी बिना खड्का लामाले गरिरहेकी छन् । चलचित्र भर्जिनिया राज्यको फेयरफ्याक्स स्थित सिनेमा आर्ट्स थेटर नामक चलचित्र मन्दिरमा हुने भएको छ ।
 
चलचित्र हेर्न २० डलर शुल्क राखिएको छ । चलचित्र प्रदर्शनको समन्वय गरिरहेकी बिना खड्का लामाले नेपाली चलचित्रलाई माया गर्ने र यस क्षेत्रमा बसोबास गर्ने सबै नेपाली समुदायलाई जुन २६ आइतबारका दिन उक्त चलचित्र हेर्न अनुरोध गरेकी छन् ।
 
चलचित्रबाट आएको केही आर्थिक लाभ नेपाली अमेरिकन सामुदायिक केन्द्रलाई जानेछ । उक्त चलचित्र झरना थापाले निर्देशन गरेकी हुन् भने चलचित्रमा अनमोल केसी र सुहाना थापा रहेका छन् । अनमोल र सुहाना सहित सलोन बस्नेत, सरोज खनाल, रियर राई, रवि गिरी लगायतले यो चलचित्रमा अभिनय गरेका छन् ।

 नेपालबाट अमेरिका र अमेरिकाबाट नेपाल आउने जाने क्रम भएतापनि चलचित्र निर्देशक झरना थापा, सुनिलकुमार थापा र नायिका सुहाना थापा अमेरिकाको डिसी महानगर क्षेत्रमै बसोबास गर्छन् । निर्देशक झरना थापा तथा नायिका सुहाना थापाले प्रथम प्रदर्शनमा सहभागी जनाउने छन् । उनीहरुले दर्शक माझ रहेर चलचित्र हेर्नेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप