बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

बलियो नेपाल यू–१५ कपको उपाधि मधेश प्रदेशलाई

आइतबार, ०५ असार २०७९, २१ : ४४
आइतबार, ०५ असार २०७९

बलियो नेपाल कप यू–१५ क्रिकेट प्रतियोगिता २०७९ को उपाधि बलियो मधेश प्रदेशले जितेको छ । आईतवार सम्पन्न फाइनल खेलमा बलियो बागमती प्रदेशलाई ४ विकेटले पराजित गर्दै बलियो मधेशले उपाधि हात पारेको हो ।
मुलपानी मैदानमा सम्पन्न फाइनल खेलमा टस हारेर ब्याटिङ्गको निम्तो पाएको बलियो बागमतीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९५ रन बनाएको थियो । 

उसका आकाश टमाटाले २३ रन जोड्न बाहेक अन्य ब्याट्स्म्यानले उल्लेखनिय प्रदर्शन गर्न सकेनन  । बलिङतर्फ बलियो मधेसका साईमन रोएले ४ ओभरमा केवल १० रन खर्चिएर २ विकेट हात पारे ।
जवाफमा ९६ रनको लक्ष्य बलियो मधेशले १५.३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । बलियो मधेशको जितमा खेलको प्लेयर अफ दि म्याच रंजन यादवले ३४ रनको इनिङ खेले ।  बलियो बागमतीका कप्तान युवराज खत्रीले १६ रन खर्चिएर ३ विकेट लिएपनि टोलीलाई जित दिलाउन भने सकेनन् ।

प्रतियोगिताको प्लेयर अफ दि टुर्नामेन्ट बलियो मधेश प्रदेशका साईमन रोए घोषित भए भने बलियो ११ का जेनिश मगर, कमल शाही र बलियो बागमती प्रदेशका युवराज खत्री प्रतियोगिताको इमार्जिंग खेलाडी घोषित भए ।

सभासद अमन लाल मोदी, राष्ट्रिय टोलीका पुर्व कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल र बलियो नेपाल न्युट्रिसन इनिसिएटिभका प्रमुख कार्यकारी ड़ा. अतुल उपाध्यायले बिजेता र उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र  प्रदान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप