शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

विशिष्ट व्यक्तिको उडानमा दुई पाइलट अनिवार्य

आइतबार, ०५ असार २०७९, २१ : ३६
आइतबार, ०५ असार २०७९

नेपाल सरकारले तोकेका विशिष्ट व्यक्तिको हवाई उडानमा दुई जना हेलिकप्टर पाइलट राख्नु पर्ने व्यवस्था नेपाल नागरिक उड्डयन प्राधिकरणले अनिवार्य गरेको छ ।

संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण, सञ्चालक समितिको बैठक सकिएलगत्तै प्राधिकरणले विज्ञप्ती जारी गर्दै नेपालको आन्तरिक उडानमा रहेका हेलिकोप्टरलाई अबका दिन विशिष्ट व्यक्तिको सवारीमा अनिवार्य दुई जना पाइलट रहनुपर्ने निर्णय गरिएको जनाएको छ ।

त्यसैगरी प्राधिकरणले स्वचालित प्रणालीले तोके बमोजिम दुई जना पाइलट राख्नुपर्ने अनिवार्य व्यवस्था समेत गरेको छ । हाल नेपालमा १० वटा नीजि र नेपाल सरकारको एक गरी ११ वटा हेलिकप्टर कम्पनी छन । प्राधिकरणले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको पार्किङ क्षमता भरिएकाले काठमाडौं बाहिर हेलिकप्टर र जहाजलाई सार्ने निर्णय समेत गरेको छ ।

हवाई जहाज सञ्चालक कम्पनीले यही असार १३ देखि तोकिएका आधार विमानस्थलमा जहाज पार्किङ गर्नुपर्ने जनाएको छ । त्यस्तै हेलिकप्टरले पनि यही ७ गतेदेखि तोकिएका काठमाडौं बाहिरका विमानस्थलमा रात्रि बिसान गरी पहिलो उडान ती विमानस्थलबाटै अनिवार्य गर्नुपर्ने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप