जनकपुरधामका उपमेयर साहमाथि मुक्का प्रहार
जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहमाथि मुक्का प्रहार भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित लादोबेलामा अतिक्रमण गरिएको जग्गा खाली गराउन माग गर्दै वडाअध्यक्ष राघवेन्द्र साहको अगुवाइमा ज्ञापनपत्र बुझाउन आएको समूहले उपमेयर साहमाथि मुक्का प्रहार गरेको हो ।
स्थानीय समाजसेवी एवम् दाताहरुले रामजानकी दुल्हा भगवान कुट्टीलाई प्रदान गरेको १७ बिघा १५ कठ्ठा जग्गा केही समययता बेचबिखन हुन थालेको भन्दै अतिक्रमण रोक्न माग गर्दै सो समूह आइतबार दिउँसो उपमहानगरका मेयर मनोजकुमार साहलाई ज्ञापनपत्र बुझाउन पुगेका थिए ।
मेयरलाई कार्यालयमा नभेटेपछि उनीहरुले उपमेयर किशोरी साहलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझेर उपप्रमुख किशोरी साहले कार्यालयको प्राङ्गणमा स्थानीयवासीलाई आश्वासन दिइरहेको समयमा उनीमाथि प्रदर्शनकारीहरुले आक्रमण गरेका थिए ।
उपमेयर किशोरी साहले एक्लैले अतिक्रमण हटाउन समस्या उत्पन्न हुने भएकाले यसका लागि सबैको सहयोग लिई जग्गा घर टहरा हटाइने बताएका थिए । उनले आफू घर बसाउन आएको भनेपछि एकाएक प्रदर्शनकारीहरुले हुटिङ गर्दै मुक्का समेत प्रहार गरेका थिए ।
उपमेयर साहमाथि आक्रमण हुन थालेपछि प्रहरीले उनलाई सुरक्षा दिएर कार्यकक्षमा लगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघर्षशील सहकारीको ठगी आरोपमा २ जना पक्राउ
-
सवा पाँच महिनामा सरकारले पायो २ खर्ब २ अर्ब ४० करोड वैदेशिक सहायता
-
एलओडीमा जनकपुर बोल्ट्सको ‘भिक्ट्री सेलिब्रेसन’, तस्बिरहरू
-
सुरक्षित कारोबार संशोधन विधेयक : प्रकाशशरणको ‘डिफेन्स’ले अर्थ र कानुन मन्त्रालयका कर्मचारीलाई हाइसञ्चो !
-
सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
-
सहकारी ठगीमा जोशीविरुद्ध ५ करोड २६ लाख बिगो कायम, लामिछानेविरुद्ध ३ करोड ३७ लाख