म्याद थप्न लगेको थुनुवा अदालतबाट फरार
आइतबार, ०५ असार २०७९, २० : ४७
म्याद थप्न लगेको थुनुवा जिल्ला अदालत काठमाडौंबाट भागेका छन् । प्रहरी वृत गौशालाको हिरासतमा रहेका २८ वर्षीय अनिल कुमार ठाकुर अदालतबाट भागेका हुन् ।
प्रहरीले उनलाई लागु औषध मुद्दामा पक्रेर अनुसन्धान गरिरहेको थियो । म्याद थप्न लैजाँदा भागेका आरोपीको खोजी भइरहेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले रातोपाटीलाई बताए ।