सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

उच्च अदालत सुर्खेतद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट

आइतबार, ०५ असार २०७९, २० : २२
आइतबार, ०५ असार २०७९

उच्च अदालत सुर्खेतले चालु आर्थिक वर्ष २०७८/७९ को जेठ मसान्तसम्म १५० प्रतिशतभन्दा बढी मुद्दा फछ्र्योटको तथ्याङ्क सार्वजनिक गरेको छ ।

अदालतले आज पत्रकार भेटघाट कार्यक्रममार्फत चालु आवको असार मसान्तसम्म ५६१ थान मुद्दा फछ्र्योटको लक्ष्य राखेकामा जेठ महिनासम्म ६७५ मुद्दा फछ्र्योट गरेको तथ्याङ्क सार्वजनिक गरेको हो । उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश शेषराज सिवाकोटीले जेठ मसान्तसम्म लक्ष्यभन्दा ११४ भन्दा बढी मुद्दा फछ्र्योट भइसकेको जानकारी दिए । 

“गत वर्षका सरेर आएका २६५ र चालु आवमा दर्ता भएका ७४१ गरी कूल एक हजार ६ मुद्दा थिए”, सिवाकोटीले भने, “६७५ अर्थात् ६७.१० प्रतिशत मुद्दा फछ्र्योट गरिएको छ ।” उच्च अदालतमा आएका मुद्दामा यौनजन्य अपराधका बढी भएको उनले जानकारी दिए । 

अदालतका रजिष्ट्रार अर्जुनप्रसाद कोइरालाले दुई वर्ष अघिका कुनै पनि मुद्दा बाँकी नरहेको तर गत वर्ष फछ्र्योट हुन बाँकी २६५ मुद्दामध्ये अब १६ मात्र फछ्र्योट गर्न बाँकी भएको बताए । “अदालतले ६ महिनाभित्रका २२५, सो अवधि नाघेका ९०, एक वर्ष नाघेका ६,  १८ महिना नाघेका १० गरी ३३१ मुद्दा मात्र फछ्र्योट हुन बाँकी छन्”, रजिष्ट्रार कोइरालाले भने, “गत वर्षको तुलनामा यस वर्ष पुनरावेदन दर्ता सङ्ख्या निकै बढेको र फछ्र्योट दर पनि बढेको छ ।” उनले वार्षिक कार्ययोजना अनुरुप सबै महिनाको मासिक फछ्र्योट मुद्दा सङ्ख्या लक्ष्यभन्दा दोब्बर भएको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप