सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

टेबल टेनिस च्याम्पियनसिप भदौमा हुने

आइतबार, ०५ असार २०७९, १९ : ५२
आइतबार, ०५ असार २०७९

भदौमा आयोजना हुने कल्याणराज पाण्डे राष्ट्रिय जुनियर टेबल टेनिस च्याम्पियनसिपका लागि आईतवार टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्य र कुशलराज पाण्डेबीच सम्झौता भएको छ । अखिल नेपाल टेबल टेनिस संघले आइतबार पत्रकार सम्मेलन गर्दै जुनियर प्रतियोगिताका लागि  पूर्व राष्ट्रिय च्याम्पियन कल्याणराज पाण्डेसँग सम्झौता गरेको हो ।

टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्य र कल्याणराज पाण्डेका छोरा कुशलराज पाण्डेबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौतासँगै प्रत्येक वर्षको भदौमा  प्रतियोगिता आयोजना हुनेछ । प्रतियोगिता आयोजनाका लागि कल्याणराजको परिवारले ६ लाख रुपैयाँ प्रदान गर्नेछ । उक्त रकम नेपालको प्रतिष्ठित र फाइनान्स कम्पनीमा मुद्दती खातामा जम्मा गरिनेछ ।

यसबाट प्रत्येक वर्ष आउने अनुमानित ब्याज ७० हजार रुपैयाँ हुनेछ र यसै रकमबाट प्रत्येक वर्ष यस प्रतियोगिताको आयोजना हुनेछ । प्रतियोगिताको पहिलो वर्ष ब्याज प्राप्त नहुने हुँदा उनको परिवारले ७० हजार रुपैयाँ नगद प्रदान गर्नेछ । यस्तै संघले लगातार दुई वर्षसम्म प्रतियोगिता आयोजना गर्न सकेन भने मुद्दती खातामा जम्मा भएको रकम उनको परिवारले फिर्ता लिनेछ ।

प्रतियोगिता आयोजनाका सबै प्राविधिक जिम्मेवारी संघको हुनेछ । यस्तै अखिल नेपाल टेबल टेनिस संघले नेपाल खेलकुद पत्रकार मञ्चलाई विद्युतीय सामग्री सहयोग गरेको छ । संघका अध्यक्ष चतुरानन्दले नेपाल खेलकुद पत्रकार मञ्चका कोषाध्यक्ष सुजन श्रेष्ठलाई विद्युतीय सामग्री हस्तान्तरण गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप