बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

तत्काल रासायनिक मलको व्यवस्था गर्न किसान संगठनहरुको माग

आइतबार, ०५ असार २०७९, १९ : ४१
आइतबार, ०५ असार २०७९

विभिन्न नौ वटा किसान संघ/संगठनहरुले रासायनिक मल अभावको अन्त्य र इन्धनमा भएको मुल्यवृद्धि तत्काल घटाउन सरकारसँग माग गरेका छन् । आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले किसानका माग तत्काल सम्बोधन नभए देशव्यापी रुपमा आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।

‘रासायनिक मलको आपूर्तिमा भएको चरम अभावको अन्त्य गरी गुणस्तरीय मल समयमै सहज ढंगले उपलब्ध गराउन, इन्धनमा भएको मूल्यबृद्धि घटाउन र किसान र कृषिक्षेत्रसँग सम्वन्धित उपरोक्त विषयहरुसमेत तत्काल सम्बोधन गर्न जोडदार माग गर्दछौं’, जारी विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा किसान संघ संगठनहरु देशव्यापी रुपमा किसान परिचालन गर्न बाध्य हुने व्यहोरा समेत जानकारी गराइन्छ ।’

यसरी विज्ञप्ति जारी गर्नेहरूमा अखिल नेपाल किसान महासंघका डा. प्रेम दंगाल, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का रामप्रसाद दाहाल, अखिल नेपाल किसान महासंघका डा. केशव खड्का, नेपाल क्रान्तिकारी किसान संघका हरिराम सुवाल, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) ओम प्रकाश पुन, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का हरि श्रेष्ठ, केबी बल. अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) अखिल नेपाल किसान महासंघ (आफ्पा)का केवी घले र अखिल नेपाल किसान युनियन प्रविन जोशी रहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप