बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

काठमाडौं महानगरले शनिबार पनि कर कार्यालय खोल्ने

आइतबार, ०५ असार २०७९, १८ : १२
आइतबार, ०५ असार २०७९

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले शनिबार पनि कर कार्यालय खुल्ला राख्ने व्यवस्था मिलाइने बताएका छन् । आइतबार महानगरको नगर सभामार्फत आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका शाहले महानगरभित्रका करदाताहरूलाई सरल, सहज र सुविधासम्पन्न कर भुक्तानीको व्यबस्था गर्दै सार्वजनिक विदाको दिन शनिबार पनि कर कार्यालय खुल्ला रहने व्यवस्था मिलाउने बताए । 

हाल भुक्तानीका लागि महानगरले अवलम्वन गर्दै आएको विद्युतीय भुक्तानीका प्रणालीहरूलाई समेत थप सहज र व्यवस्थित गराइने मेयर शाहले बताए । करको दरलाई थप गरिने भन्दा पनि व्यवस्थित गर्न वैज्ञानिक कर नीति लागू गर्दै करका क्षेत्र विस्तार गरिने उनले बताए 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप