‘विपद् व्यवस्थापन प्राधिकरणमा कार्य सम्पन्नता गर्न कठिनाइ भयो’

विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्का विज्ञ सदस्य डा.गंगालाल तुलाधरले विपद् व्यवस्थापन प्राधिकरण गृह मन्त्रालय मातहत हुनुले कार्य सम्पन्नतामा कठिनाइ भइरहेको बताएका छन् । आइतबार काठमाडौंमा पूर्वसूचना प्रणालीमा सञ्चार माध्यमको भूमिका विषयको अन्तरक्रियामा बोल्दै विज्ञ सदस्य डा. तुलाधरले परिषद् स्वायत्त निकाय भएपनि काम गराइ गृह मन्त्रालय मातहतको निकायझैँ भएको बताए ।
उनले प्रधानमन्त्री अध्यक्ष रहने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गृह मन्त्रालयको मातहतमा रहेर काम गर्न नहुने बताए । डा. तुलाधरले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सम्बन्धी कानुन बनाउँदा नै गल्ति भएकाले अहिले विपद्को समयमा परिषद्ले भने जस्तो काम गर्न समस्या आएको बताए ।
उनले गृह मन्त्रालय अन्तर्गतका निकायहरुले परिषद्ले दिएका निर्देशन पालना नगर्ने र परिषद् सदस्यलाई समेत नचिन्ने अवस्था रहेको बताए । डा. तुलाधरले आफू विपद् व्यवस्थापन राष्ट्रिय परिषद्को विज्ञ सदस्य भएपनि आफ्नो कार्यालय समेत नभएकाले रमिता हेर्नुभन्दा बाहेक अन्य काम गर्न नसकेको गुनासो गरे । उनले प्राधिकरणमा ६ अर्ब ६१ करोड रुपैयाँ त्यतिकै थन्किएर बसेको बताए ।
कार्यक्रममा जलवायु तथा विपद् विज्ञ डा. धर्म उप्रेतीले विश्वभर नै बहुप्रकोप पूर्वसूचना प्रणालीले प्राथमिकता पाएकोभन्दै नेपालले पनि यो विषयमा प्राथमिकताका साथ काम गर्नुपर्ने बताए । उनले विपद् जोखिमबाट बच्नको लागि सरकारले सूचना प्रवाहलाई स्थानीय जनतासम्म सहज रुपमा पु¥याउन सकेमात्रै विपद्बाट हुने क्षति कम हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्रका शत्रु हुन् : मन्त्री गुरुङ
-
निर्देशक खनाललाई प्रश्न–साहित्यकारका कथालाई पर्दामा ल्याउन के–कस्ता चुनौती रहेछन् ?
-
दुर्गा प्रसाईंले साढे २७ करोड ‘राउण्ड ट्रिपिङ्ग’ गराए, ७ अर्ब २५ करोड ऋण
-
कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर
-
श्रीनगरदेखि नालियासम्म २६ स्थानमा हवाई आक्रमण भयो : कर्नेल सोफिया कुरेशी
-
तीन दिवसीय कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै