बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त १० वर्षपछि पक्राउ

आइतबार, ०५ असार २०७९, १७ : ४४
आइतबार, ०५ असार २०७९

जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्तलाई पर्सामा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने वीरगञ्ज महानगरपालिका–१ का ३५ वर्षीय उमाशंकर गिरी रहेका छन् ।

२०६९ जेठ २ गते राति १२ बजे मानसिक सन्तुलन ठीक नभएकी २६ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा मुद्दा परेको थियो । उनलाई जिल्ला अदालत पर्साले २०७० जेठ १७ गते ५ वर्ष कैद सजाय सुनाएको थियो ।

घटनापछि उनी फरार रहेको र अहिले पक्राउ गरेर अदालत बुझाइएको प्रहरीले जनाएको छ । उनलाई आज प्रहरीले बिहान ११ बजे वीरगञ्ज–१ छपकैयाबाट पक्राउ गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप