
ADVERTISEMENT
राप्रपा नेपालमा थप ३ पदाधिकारी मनोनित, प्रवक्तामा बम

राप्रपा नेपालमा थप दुई जना सहमहामन्त्रीमा मनोनित भएका छन् । सो पार्टीका अध्यक्ष कमल थापाले आइतबार पार्टी केन्द्रीय सदस्यद्वय ज्ञानेन्द्र कार्की र नरप्रसाद थापालाई सहमहामन्त्रीमा मनोनयन गरेका हुन् ।
थापाले केन्द्रीय सदस्य बिक्रम बमलाई पार्टी प्रवक्तामा मनोनयन गरेका छन् । कार्की र थापा काठमाडौं निवासी हुन् भने बम दार्चुला निवासी हुन् । पार्टीको विधान बमोजिम उनीहरुलाई मनोनित गरिएको पार्टी प्रवक्ता सुरेश आचार्यले जानकारी दिएका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ