आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

१२ असारमा दोस्रो राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड

आइतबार, ०५ असार २०७९, १७ : २१
आइतबार, ०५ असार २०७९

दोस्रो ‘राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड २०७८’ अगामी १२ गते वितरण हुने भएको छ । आयोजक ब्राण्डरुट इन्टरटेनमेन्ट प्रालिले एक विज्ञप्ती जारी गर्दै अवार्ड वितरण मिति सार्वजनिक गरेको हो ।

चलचित्र लोक, आधुनिक, लोकदोहोरी लगायत गीतसंगीतका गीत, गायक, गायिका, म्युजिक भिडियो, मोडल, निर्देशक, संगीत, शब्द लगायत अवार्डमा बिभिन्न ४४ विधा समेटिएका छन् । हरेक विधाको उत्कृष्ट ५ मनोनयन भने केही दिन अगाडि सार्वजनिक गरिएको थियो ।

अवार्ड निष्पक्ष बनाउने उदेश्यले कार्यक्रम अगाडि आयोजकले जुरी सदस्य भने सार्वजनिक गरेको छैन । ४० प्रतिशत भोटिङ, ५० प्रतिशत निर्णायक र १० प्रतिशत आयोजकको नम्बरको आधारमा अवार्डमा विजेता छानिने कार्यक्रमका निर्देशक सुनिल बिसीले जानकारी दिए ।

भव्य सांगीतिक माहोलकासाथ जमलस्थित राष्ट्रिय नाचघर जमलमा आयोजना हुने अवार्डको उदेश्य गीतसंगीतको संरक्षण, त्यसका स्रस्टालाई सम्मान र प्रोत्साहन रहेको आयोजकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप