जिसस बैठकको निर्णय : नयाँ गाडी र पाहुना घर चाहियो
जिल्ला समन्वय समिति बैतडीले प्रदेश र संघीय सरकारसँग आवतजावतको लागि गाडी उपलब्ध गराई पाउँ भनि अनुरोध गर्ने निर्णय गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्र धामीको अध्यक्षतामा आइतबार बसेको पहिलो बैठकले यस्तो निर्णय भएको हो ।
समन्वय समितिको कार्यालयमा उपलब्ध सवारी साधनहरू बिग्रन लागेको र कामकाजका लागि समस्या भइरहेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका सदस्य प्रेमसिंह भाटले जानकारी दिए ।
यसैगरी, आइतबारकै बैठकबाट जिससको पाहुना घर पुर्ननिर्माणको लागि पनि प्रदेश सरकार समक्ष बजेट व्यवस्थापनको माग गरेको छ । समन्वय समितिको कार्यालयमा रिक्त कर्मचारीहरू पदपूर्तिको लागि माग गर्ने निर्णय पनि भएको छ ।
जिल्ला समन्वय समितिको जिल्ला सभा पनि ३२ असारमा बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल
-
गिरिराजमणि पोखरेललाई प्रश्न : विप्लव महिन्द्रसँगको एकता सहमति भत्किएको हो ?
-
राज्यका निकायहरूमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यक : न्यायाधीश मल्ल
-
विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : सभापति खतिवडा