शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

समयमै चुनावी तालमेलको मोडालिटी र सिट बाँडफाँड गर्नुपर्छ : माधव नेपाल

आइतबार, ०५ असार २०७९, १७ : ०७
आइतबार, ०५ असार २०७९

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समयमै चुनावी तालमेलको मोडालिटी र सिट बाँडफाँड गर्नुपर्ने बताएका छन् ।  चुनावको मिति घोषणा नभएपनि सत्ता गठबन्धनभित्र आगामी कात्तिक मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको  विषयलाई लिएर चुनावी तालमेलको मोडालिटी र सिट बाँडफाँट गर्नुपर्ने आवाज उठेको हो ।

खासगरी सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले काँग्रेस सभापति शेरबहादुर देउवासँग यसबारे भेटेर चुनावी तालमेलको मोडालिटी र सिट बाँडफाँटमा ढिला गर्नु नहुने बताएका हुन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले गठबन्धनका शीर्ष नेताबीचको छलफलमा तालमेलको मोडालिटी र सिट बाँडफाँडबारे कुराकानीको सुरुवात भएको बताए । उनले गत स्थानीय निर्वाचनको पाठ सिकेर गठबन्धनले सिट बाँडफाँडमा ढिलाइ गर्न नहुने अध्यक्ष नेपालको भनाइ छ । 

‘आसन्न चुनावका लागि तालमेल र सिट बाँडफाँड गर्न ढिला गर्न हुँदैन । मंसिर महिनामा चुनाव हुने आधार मान्दा हामीले अहिलेदेखि नै छलफल चलाउनुपर्छ । उम्मेदवारको बारेमा या भनौं सिट विभाजनको बारेमा छलफल चलाउनुपर्ने आवश्यकता छ’, अध्यक्ष नेपालको भनाइ छ । 

उनले स्थानीय तह निर्वाचनमा गठबन्धनतिर गीत गाउन थालेकाले अपेक्षित परिणाम आउन नसकेको बताए ।  आइतबार सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष नेपालले भने, ‘विगतको चुनावमा भएका त्रुटीहरूलाई लिएर अब नकारात्मक धारणा राख्न आवश्यक छैन ।’

अध्यक्ष नेपालले विगतमा महानगर र उपमहानगर बाहेकमा गठबन्धन गर्न प्रदेश र जिल्लालाई छोड्नु नै घातक भएको आफ्नो पार्टीको विश्लेषण रहेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप