शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

खाल्डोमा प्राचिन भ्यागुताका ८००० हड्डी भेटिए, वैज्ञानिक चकित

आइतबार, ०५ असार २०७९, १७ : ०७
आइतबार, ०५ असार २०७९

बेलायतको क्याब्रिज नजिकै वैज्ञानिकले यस्तो कुरा फेला पारे, जसले उनीहरुलाई अचम्मित बनायो । बार हिलमा एउटा सडकको किनारामा उत्खननका बेला वैज्ञानिकले ८००० प्राचिन भ्यागुतोका हड्डी भेटेका हुन् ।

ती हड्डीहरु २०१६–२०१८ को बीचमा, फलामे युगमा बनेको एउटा घर नजिकै भएको उत्खननमा भेटिएको थियो । १४ मिटर (६ फुट) गहिरो खाडलमा हड्डी भेटिएका थिए । वैज्ञानिकले भ्यागुतोका यो चिहानसम्म पुग्नका लागि एक मिटरको ‘टप सोयल’ र ‘सब सोयल’ खन्नु परेको थियो । एउटै स्थानमा यति धेरै अवशेष भेटिनु असामान्य र असाधारण खोज हो । साथै वैज्ञानिकले यो बुझ्न सकेका छैनन् कि यी सबै एउटै खाल्डोमा कसरी पुगे ?

रहस्य बन्यो भ्यागुताका हड्डी

लण्डन पुरातत्व संग्रहालयका वरिष्ठ पुरातत्वविद् विकी इभेन्सले यस्तो पहिले कहिल्यै पनि अनुभव नगरेको बताएका छन् । उनले भने, ‘लण्डनका यत्तिका साइटमा काम गर्दा, हामीहरुले यति धेरै भ्यागुता पाएका थिएनौँ । एउटै खाल्डोमा यी सबै हड्डी भेटिनु अचम्मित गर्ने खालको हो । ’

वैज्ञानिकका अनुसार यी हड्डी धेरैजसो भ्यागुता र टोडको सामान्य प्रजातिका हुन्, जो देशभरी पाइन्छन् । यसमा पोखरीमा पाइने भ्यागुतोका अवशेष पनि छन्, जुन अचम्मित गर्ने खालको हो ।

पाषण युगको कुरा गर्ने हो भने त्यतिबेलाका मानिसहरुले भ्यागुतो खाने गरेको प्रमाण भेटिएका छन् । यद्यपि, यो खाल्डोमा भेटिएका हड्डीमा न त कुनै काटेको निशान थियो, न पोलेको नै । त्यसैले मानिसहरुले यी भ्यागुतो खाएका होलान् भन्न सक्ने स्थिति पनि छैन । भ्यागुतोलाई उसिनेकै भएपछि यसका चिन्हहरु भेटिन्थे ।

पुरातत्वविद् विकी इवेन्स भ्यागुतोका हड्डीको स्याम्पल देखाउँदै

यसको पछाडि थुप्रै थ्योरीहरु दिइएका छन्ः

जहाँबाट यी अवशेष भेटिएका छन्, त्यहाँ जलेका अन्नको प्रमाण भेटिएका थिए । यसमार्फत् त्यतिबेला मानिसहरु अन्नको प्रशोधन गर्दथे भन्ने पत्ता लाग्छ । अन्नका कारण अन्य किरा फट्याङ्ग्रा त्यहाँ आउँथे होलान् र ती किरा फट्याङ्ग्रा खान भ्यागुतो पनि त्यहाँ आएका होलान् । यो कालखण्डमा भ्यागुतोमाथि भएको यो त्रासदीको पछाडि अन्य थ्योरी पनि दिइएका छन् । भ्यागुतो प्रजनन क्षेत्रको खोजीमा वसन्त ऋतुमा यो इलाकामा आएका होलान् र खाल्डोमा खसेर फसेका होलान् । यस्तै, कठ्याङ्ग्रिँदो मौसमले पनि भ्यागुतोको ज्यान लिएको हुनसक्ने धेरैले आँकलन गरेका छन् ।

यस्तै, अर्को थ्योरीमा भ्यागुतोलाई कुनै रोग लागेका कारण यस्तो भएको होला भन्ने अनुमान गरिएको छ । बेलायतमा सन् १९८० को दशकमा रानावायरसले भ्यागुताको जनसंख्या नष्ट गरिदिएको थियो । यो भाइरसले भ्यागुतो यति प्रभावित भए कि रोगको निगरानी र रिपोर्ट गर्नका लागि फ्रग मोर्टालिटी प्रोजेक्ट सुरु गरिएको थियो । रानावायरस यस्तो भाइरस हो जसले माछा र सरिसृपको ठूलो संख्यालाई प्रभावित गर्छ ।

बार हिल नामको यो स्थानमा भएको थियो उत्खनन 

वैज्ञानिकले यसबारे पत्ता लगाउँदैः

विकी इभेन्सका अनुसार यो एक अचम्मित पार्ने खालको खोज हो, यसबारे हामी पनि बुझ्ने कोसिस गरिरहेका छौँ । भ्यागुतोका अवशेष एउटै ठाउँमा हुनुका भिन्न भिन्न कारण हुनसक्छन् । भोलिको समयमा त्यो पनि हामीले थाहा पाउँछौँ होला । तर हामीलाई अहिले नै यस्तो किन भयो भन्ने थाहा छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप