आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

लैङ्गिक अल्पसंख्यकलाई अग्नि नियन्त्रण तालिम

आइतबार, ०५ असार २०७९, १५ : ५४
आइतबार, ०५ असार २०७९

धनगढी उप-महानगरपालिकाले लैङ्गिक अल्पसंख्यकका लागि घरेलु आगलागी नियन्त्रण तालिम आयोजना गरेको छ ।  यूरोपेली आयोगको आर्थिक सहयोग, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र नेपाल रेडक्रस सोसाइटी कैलालीको प्राविधिक सहयोगमा सञ्चालित सहरी विपद् तथा भूकम्प पूर्वतयारी परियोजना (सुपर)को सहकार्यमा उक्त तालिम धनगढीमा आयोजना गरिएको हो। 

प्राइड मन्थको समयमा सुदुरपश्चिम समाजको समन्वयमा उक्त तालिम गरिएको थियो। बढ्दो शहरीकरणले आगलागीको जोखिम उच्च छ। धनगढी जस्ता प्रमुख शहरमा जनसंख्याको उच्च चाप, प्राविधिक सहायता विना बनाइएको पुराना घरहरूको वायरिङ्, अव्यवस्थित ग्याँसको प्रयोग र जनचेतनाको कमिमा गरिने लापरबाहीका कारण यो समस्याले विकराल रूप लिँदैछ। यही पृष्ठभूमिमा तालिम उपयोगी हुने आयोजकको विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप