जसपा विवाद : बाबुरामको यस्तो छ ‘ट्रयाक–२’ योजना
जनता समाजवादी पार्टी नेपालमा देखिएको विवाद झन् गहिरिँदै गएको छ । नेतृत्वका लागि भइरहेको विवादमा जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई ‘ट्रयाक–१’ मा असफल भएपछि ‘ट्रयाक–२’ योजनामा प्रवेश गरेका छन् । ट्रयाक–१ अर्थात् संसदीय तथा केन्द्रीय समितिमा बहुमत पुर्याएर उपेन्द्र यादव नेतृत्वको जसपाबाट अलग भएर छुट्टै पार्टी बनाउने योजना बनाएका उनी त्यसमा असफल भए । पार्टी विभाजन गर्न न संसदीय दलमा बहुमत पुग्यो न केन्द्रीय समितिमा । संसदमा जसपाका राष्ट्रियसभामा ३ र प्रतिनिधिसभामा १९ गरी २२ सांसद छन् भने केन्द्रीय समिति ५०३ सदस्यीय छ । पार्टीबाट अलग हुनका लागि दुवैमा कम्तीमा ४० प्रतिशत बहुमत चाहिन्छ ।
त्यो बहुमत बाबुरामसँग नभएपछि उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग सहयोग मागेका थिए । अध्यादेश ल्याएर हुन्छ कि विधेयक ल्याएर हुन्छ, राजनीतिक दल सम्बन्धी ऐन संशोधन गरेर दल विभाजनका लागि आवश्यक सदस्य संख्याको प्रतिशत कम गर्न आग्रह गरे पनि प्रधानमन्त्री देउवा त्यसमा तयार भएनन् ।
यसअघि प्रधानमन्त्री देउवाले नै अध्यादेशमार्फत राजनीतिक दल दर्ता सम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गरेर दल विभाजनका लागि चाहिने बहुत संख्या ४० प्रतिशतलाई घटाएर २० प्रतिशत बनाएका थिए । त्यसपछि एमालेबाट माधवकुमार नेपालको नेतृत्वमा एउटा समूह र जसपाबाट महन्थ ठाकुरको नेतृत्वमा एउटा समूह अलग भएर नयाँ दल दर्ता गराएका थिए ।
अध्यक्ष भट्टराईले प्रधानमन्त्री देउवासँग त्यस्तै अपेक्षा गरेको स्रोतले जनाएको छ । तर प्रधानमन्त्री देउवाले साथ नदिएपछि बाबुराम भट्टराईले ‘ट्रयाक–२’ योजना बनाएका छन् । उनले बहुमत पुर्याएर अध्यक्ष पदमा कसैलाई नियुक्त गर्ने र उपेन्द्र यादवलाई संसदीय दलको नेताबाट समेत हटाएर अर्को कसैलाई नियुक्त गर्ने तयारीमा छन् ।
त्यसका लागि उनले हस्ताक्षर अभियान चलाइरहेका छन् । केन्द्रीय समितिमा ५१ प्रतिशत पुर्याउने लक्ष्य बाबुराम भट्टराईको छ । ५१ प्रतिशत केन्द्रीय सदस्यलाई आफ्नो विश्वासमा लिइसकेपछि उनले बैठक बोलाउनका लागि दबाब दिनेछन् । केन्द्रीय समितिको बहुमतको निर्णयले उपेन्द्र यादवलाई हटाएर पार्टी कब्जा गर्ने तयारीमा उनी लागेको स्रोतले जनाएको छ ।
तर कार्यकारिणी सदस्य मनिष सुमन भन्छन्, ‘एक त पार्टी विभाजन हुने कुरामा कुनै सत्यता छैन, यदि कसैले त्यस्तो सोचेको छ भने त्यसको त्यो सोच पनि पूरा हुँदैन ।’ पार्टी विधि र प्रकृयाबाट चल्ने र जसपा नै यस्तो पार्टी हो जो विधि र प्रकृयाबाट चलिरहेको भन्दै उनले पार्टीमा अहिले देखिएका सानातिना समस्याहरु एउटा बैठकले नै समाधान हुने दाबी गरे । जिल्ला–जिल्लाबाट चुनावी समीक्षाको प्रतिवेदन केन्द्रमा आइरहेको र सबै ठाउँबाट प्रतिवेदन आइसकेपछि स्थानीय चुनावको समीक्षा र आगामी चुनावको विषयमा छलफलका लागि बैठक बस्ने उनले बताए । त्यो बैठकबाटै सबै कुराको छिनोफानो हुने उनको भनाइ छ ।
जसपाका अर्का कार्यकारिणी सदस्य प्रशान्त सिंहले पार्टी के हुन्छ र कस्तो हुन्छ भन्ने कुरा अध्यक्ष उपेन्द्र यादवमाथि निर्भर रहेको प्रतिकृया दिए । उनले भने, ‘पार्टीमा यतिका विषय उठिसकेपछि पनि उपेन्द्र यादवले अहिलेसम्म कुनै बैठक बोलाउनु भएको छैन, कुनै सरसल्लाह पनि गर्नुभएको छैन ।
पार्टीमा बहुमत पुर्याउने खेल भइरहेको भन्ने कुरामा कुनै सत्यता नरहको बताउँदै उनले आफूहरु पनि उपेन्द्र यादवले बोलाउने बैठककको प्रतीक्षामा रहेको जानकारी दिए । जसपालाई राष्ट्रिय प्रकृतिको पार्टी बनाउने दबाब आफूहरुले दिइरहेको बताउँदै उनले पार्टी विभाजन गराउने पक्षमा कोही पनि नरहेको दाबी गरे । ‘पार्टीमा हस्ताक्षर सङ्कलन भइरहेको कुरा सही हो,’ उनले भने, ‘हामीले चुनाव अघिदेखि पार्टीमा हस्ताक्षर संकलन गरेका हौं, अहिले पनि त्यसैको निरन्तरता हो ।’
हस्ताक्षर संकलन पार्टी विभाजनका लागि नभएर बैठक बोलाउन दबाब सिर्जना गर्नका लागि केन्द्रित रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'