प्रधानमन्त्री देउवालाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्पष्टीकरण सोध्ने
प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बैठकमा अनुपस्थित भएको बारेमा स्पष्टिकरण सोध्ने भएको छ । आइतवार बसेको समितिको बैठकले प्रधानमन्त्री देउवालाई समितिको बैठकमा नआएको बारेमा स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । प्रधानमन्त्री देउवालाई समितिको बैठक बोलाइएकोमा अन्तिम क्षणमा उपस्थित नहुने जानकारी गराएका थिए । सोबारे कारण सोध्ने बैठकले निर्णय गरेको हो ।
समितिले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) र प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको सम्बन्धमा छलफल गर्न देउवालाई बैठकमा बोलाएको थियो । तर प्रधानमन्त्री देउवाले अन्तिम समयमा आफ्नो सचिवालय मार्फत बैठकमा उपस्थित हुननसक्ने जानकारी गराएका थिए ।
प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर सांसदहरुले विभिन्न टिप्पणी गरेका थिए । बैठकले प्रधानमन्त्री बैठकमा आउन नसक्नुको कारण जानकारी गराउन ध्यानाकर्षण गर्ने निर्णय गरिएको समिति सभापति पवित्रा निरौला खरेलले बताइन् । उनले त्यसरी संसदीय समितिमा प्रधानमन्त्री अनुपस्थित हुनेकुरा संसदीय प्रणालीको अभ्यासमा उचित नदेखिएको पनि ध्यानाकर्षण गराएको बताइन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर प्रतिपक्ष दलका सांसदहरुले विभिन्न प्रश्नहरु उठाएका थियो भने सत्तारुढ दलका सांसदहरुले प्रधानमन्त्रीको व्यस्तताका कारण आउन नसकेको धारणा व्यक्त गरेका थिए । लामो छलफलपछि गरिएको समितिको निर्णयमा समेत सत्तारुढ दलका सांसदहरुले असहमति जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'
-
असदलाई छिट्टै भेट्नेछु : पुटिन
-
‘अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने काम रोक्नुपर्छ’
-
एक करोड ४० लाखमा बन्यो देउराली प्रहरी चौकी
-
घरजग्गा कारोबारले गति लिँदै, मंसिरमा मात्रै ४५ प्रतिशतले बढ्यो