काठमाडौं ६ बाट अब्दुस मियाँको उम्मेदवारी घोषणा
काठमाडौं संघीय निर्वाचन क्षेत्र ६ बाट अब्दुस मियाँले उम्मेदवारी घोषणा गरेका छन् । यसअघि विवेकशील साझा पार्टीमा सक्रिय उनले सो पार्टीबाट अलग भएर स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । ‘पछिल्लो समय मूलधारका राजनीतिक दलहरूले देखाएको विशृङ्खलता र निराशाजनक कार्यसम्पादनका कारण देशले खोजिरहेको विकल्पमा अझ बढी काम गर्नुपर्ने उत्तरदायित्व बहन गर्दै यहाँहरु समक्ष आगामी प्रतिनिधि सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा आफूलाई प्रस्तुत गर्न चाहन्छु । प्रतिनिधि सभामा स्वतन्त्र युवा कानून निर्माताका रूपमा सहभागी हुने लक्ष्यका साथ म काठमाडौँ क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिने निर्णयमा पुगेको हुँ’, उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनले धेरै सक्षम युवाहरुले नीतिनिर्माण तहमा पुग्ने इमान्दार प्रयास गर्नुपर्ने आवश्यकता औँल्याउँदै देशभरका १६५ निर्वाचन क्षेत्रहरुबाटै सक्षम युवाहरुलाई उम्मेदवारी दिन आह्वान समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण