१२ स्वर्णसहित नेपाल च्याम्पियन

भारतको जयपुरमा आयोजना भएको आईएमएएस दक्षिण एशियन कुमुते च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन भएको छ । नेपाल सोतोकान (एसकेडियुएन)ले नेपालका लागि १२ स्वर्ण, २ रजत र २ कास्य प्राप्त गर्दै च्याम्पियन बनेको हो ।
एसकेडियुएन टोली उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्न जेष्ठ २७ गते त्यसतर्फ प्रस्थान गरेको थियो । स्वर्ण जित्ने नेपाली खेलाडीहरुमा वर्षा के.सी. १३ वर्ष, झरना के.सी. १४ वर्ष, सुरोज राजबाहक १५ वर्ष, एन्जीला राई १६ वर्ष, शाहिल घले १६ वर्ष, सर्मिला वाइवा १७ वर्ष, पुष्पका लामा ४५ केजी, वर्षा बुढामगर ५० केजी, साजन बल ५५ केजी, सन्तोष श्रेष्ठ ६० केजी, एरिका गुरुङ ६८ केजी माथि रहेका छन् । यसैगरि नेपालका लागि अर्को स्वर्ण कातामा सुरेन्द्र तामाङले दिलाए ।
यस्तै रुपक श्रेष्ठ १७ वर्ष सम्मान मल्ल श्रेष्ठ ५० केजी मुनिले रजत पदक प्राप्त गरेका छन् । सुरेन्द्र तामाङ ६७ केजी र सञ्जय महर्जन ८४ केजी माथिले कास्य पदक प्राप्त गर्न सफल भएका छन् । प्रशिक्षक चित्र प्रसाद श्रेष्ठको नेतृत्वमा जयपुर जाने टोलीमा एक व्यवस्थापक, ७ महिला र ९ पुरुष गरि १६ खेलाडी, ४ रेफ्रि र एक अफिसियल गरि २३ सदस्य रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी वार्ता : युक्रेन ३० दिने युद्धविरामका लागि अमेरिकी प्रस्ताव मान्न तयार
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत