विवाहको उमेर २० वर्ष कायम गर्नुहुँदैन : मिन विश्वकर्मा
काँग्रेस नेता मिन विश्वकर्माले विवाहको उमेर २० वर्ष कायम गर्न नहुने बताएका छन् । नेता विश्वकर्माले प्रहरी र वकिलको कमाइका लागि विवाहको उमेर २० वर्ष कायम राख्न नहुने बताएका हुन् । विवाहको उमेरहदलाई अवैध ठहर्याएर प्रहरी र वकिललाई फाइदा भएको उनको भनाइ छ । आइतबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले विवाहको उमेर २० वर्ष कायम गर्दा प्रहरी र वकिललाई मात्र फाइदा पुग्ने उनले बताए ।
उनले भने, ‘१८ र २० वर्ष बीचको दुई वर्षमा खासै फरक पर्दैन, तर यहि उमेर हदका कारण १८ वर्षमा बिहे गर्नेलाई प्रहरीले जरिवाना गरेको पाइएको छ ।’ २० वर्षभन्दा कम उमेरमा विवाह गर्नेले धेरै समस्या झेल्नुपरेका कारण १८ वर्ष बनाउनुपर्ने उनको तर्क छ । साथै, जन्मिएको बच्चालाई समेत जन्मदर्ता नदिएर अनाथ बनाइएको उनले बताए ।
‘विवाह भनेको व्यक्तिहरूबीच स्वतन्त्र सहमति हो । यो विषय प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार हो र जीवनसाथी छान्न पाउने अधिकार व्यक्तिमा निहित रहँदा पनि उमेरका कारणले दण्डित हुनुपर्ने कानुन न्याय संगत छैन’ उनले भने, ‘हरेक वडामा स्वास्थ्य केन्द्र स्थापना गरिएका कारणले मातृ मृत्युदर र बाल मृत्युदर न्युनिकरण भएको हो’ उनले भने, ‘विवाहको कानुनले मात्रै यो समस्या न्युनिकरण भएको होइन ।’ जनप्रतिनिधिले सकेसम्म मुद्दा घटाउने तर्फ लाग्नुपर्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले विगारेका करिडोर सडक सुधारका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पेस
-
प्रतिबन्ध खेपिरहेका बेन्टनकुरले म्यानयु र लिभरपुलविरुद्धको खेल पनि गुमाउने
-
मङ्सिरमा घरजग्गा कारोबार रकम र राजश्व सङ्कलनमा वृद्धि
-
१२ बजे, १२ समाचार : मुस्कुराउँदै न्यायाधीशले थपे रविको हिरासत म्याददेखि दुर्गा प्रसाईंले गुहारे सर्वोच्चसम्म
-
कुलमानले विद्युत् प्रसारण लाइन निर्माणमा जोडे निजी क्षेत्र
-
पार्टीभित्र सद्भाव, एकता र मेलमिलाप आवश्यक : बलायर