शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

मदन भण्डारी स्पोटर्सले राष्ट्रव्यापी खेलकुद प्रतियोगिता आयोजना गर्ने

आइतबार, ०५ असार २०७९, १३ : १५
आइतबार, ०५ असार २०७९

मदन भण्डारी स्पोर्टस एकेडेमीले विभिन्न विधामा राष्ट्रव्यापी खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । एकेडेमीले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रव्यापी खेलकुद प्रतियोगिता आयोजना गरिने जनाएको छ । 
एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले ७१ औं मदन जयन्तीको अवसरमा राष्ट्रिय खेलकुद परिषदको सहकार्यमा विभिन्न विधामा राष्ट्रव्यापी खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराए । 

एकेडेमीले संघीय राजधानीदेखि मधेश प्रदेश सम्मलाई समेटेर गर्न लागिएको ८ प्रतियोगिताको तालिका समेत सार्वजनिक गरेको छ ।  खेल तालिका अनुसार भैरहवा दमक, विरगंज र जनकपुरमा ट्यालेन्ट हन्टसहित यू–१४, यू–१६ र यू–१८ प्रतियोगिता हुनेछ । यस प्रतियोगिता असार ३ देखि २० गतेसम्म हुनेछ ।  खुल्ला कलेजस्तरीय भलिबल प्रतियोगिता असार ८ देखि १३ गतेसम्म बुटवल र काठमाडौंमा हुनेछ ।

झापामा रेस्लिङ प्रतियोगिता हुनेछ । बुटवल र काठमाडौंमा असार ११ देखि १६ सम्म विद्यालयस्तरीय बुद्धिचाल, अन्तर कलेज उपत्यकास्तरीय बास्केटबल काठमाडौंमा हुनेछ । काठमाडौंमा असार १७ देखि १८ सम्म फूल कन्ट्याक्ट कराँते, असार २२ गते काठमाडौंमा प्रशिक्षण तथा तालिम र असार २० देखि २१ सम्म उपत्यका स्तरीय तेक्वान्दो प्रतियोगिता ललितपुरमा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप