बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

भारत : उडिरहेको विमानमा आगलागी, १८५ यात्री थिए सवार

आइतबार, ०५ असार २०७९, १३ : १३
आइतबार, ०५ असार २०७९

भारतकाे बिहारको राजधानी पटनामा आइतबार एक विमानलाई आपतकालीन अवतरण गराइएको छ । विमानमा १८५ यात्री सवार थिए ।

अधिकारीका अनुसार  विमान स्पाइस जेटको थियो । उडान भरिरहेका बेला विमानको इन्जिनमा आगलागीको जानकारी पाएपछि विमानलाई आपतकालीन अवतरण गराइएको हो ।

पटना डिएमले मिडियालाई दिएको जानकारी अनुसार विमानका सबै यात्री सुरक्षित छन् । उनले विमानको बायाँ पखेटामा आगो लागेको जानकारी दिए ।

मानिसहरुले तलबाट विमानको इन्जिनमा आगो लागिरहेको देखेको पनि बताइँदै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप