इजलासमा पोखरेलको पक्षमा बहस : एक महिनामा धिरजप्रतापले के काम गरे ?
आईजीपी नियुक्ति बारेको मुद्दामाथि सर्वोच्च अदालतमा बहस जारी रहेको छ । निवेदक विश्वराज पोखरेलको तर्फबाट वरिष्ठतम् वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले सरकारले विश्वराज पोखरेललाई आईजीपी नबनाएर अन्याय भएको जिकिर गरे । उनले वरिष्ठलाई पाखा लगाएर कनिष्ठलाई नियुक्त गरिनु न्यायोचित नभएको बताए ।
यस्तै अर्का वकिल पूर्णमान शाक्यले विश्वराजलाई नियुक्त गर्दा सरकारलाई किन रिस्क भयो भन्दै प्रश्न गरे भने राधेश्याम अधिकारीले पोखरेललाई डीआईजी र एआईजी बनाउँदा कसैको उजुरी नपरेको बताए । सिनियर एआईजी विश्वराजलाई आईजीपी नबनाउँदा सरकारले पर्याप्त आधार र कारण देखाउनुपर्ने उनको भनाइ छ । तर, धिरजप्रताप सिंहलाई आईजीपी बनाउन त्यस्तो हुन नसकेको उनको भनाइ छ ।
यस्तै अर्का वकिल हरि उप्रेतीले धिरजप्रतापलाई एआईजी बनाउँदैमा मुद्दा परेको र त्यही मान्छेलाई बनाउनुपर्ने कारण के हो भन्दै प्रश्न गरे । उनले एआईजी हुँदा १७ महिनामा विश्वराजले नगरेको काम धिरजप्रतापले एक महिनामा के काम गरे ? भन्ने प्रश्न पनि गरे । उनले दर्ज्यानी चिह्न सबै कुरा नभएको भन्दै धिरजप्रतापलाई आईजीपी नियुक्तिको निर्णय बदर हुनुपर्ने जिकिर गरे । यस्तै अर्का अधिवक्ता हरिहर दाहालले वरिष्ठलाई कनिष्ठ बनाउनै नमिल्ने जिकिर गरे ।
सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको मुद्दाको सुनुवाइ भइरहेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ वटा मुद्दा लागेका ‘डाँका’ पेस्तोलसहित पक्राउ
-
धरहराको कम्पाउण्ड सिसाको प्रतीक्षालय (तस्बिरहरू)
-
कर्णालीमा राप्रपा तटस्थ
-
पूर्वमुख्यमन्त्री शर्माले भने– कसैले कसैलाई दोष लगाएर केही हुनेवाला छैन
-
कोशीको लगातार छैटौँ हार, कर्णाली ५ विकेटले विजयी
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा