बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘महापुरुष’ को छायाङ्कन सुरु

आइतबार, ०५ असार २०७९, १२ : ५०
आइतबार, ०५ असार २०७९

फिल्म ‘महापुरुष’ को छायाङ्कन सुरु भएको छ । हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहने फिल्मको छायाङ्कन शुक्रबारबाट  सुरु भएको हो । फिल्मका निर्देशक प्रदीप भट्टराई हुन् । ४० दिनको छायाङ्कन तालिका रहेको फिल्ममा महका अलवा अरुण क्षेत्री, अन्जना बराइली, बानियाँ, गौरी मल्ल, राजाराम पौडेल लगायतको अभिनय रहनेछ ।

म्याक्स दीपेश खत्रीको निर्माण र रविन्द्रसिंह बानियाँको कार्यकारी निर्माण रहेको फिल्मले समाजले मानिसलाई कसरी महापुरुष बनाउँछ भन्ने कथा उठाउन खोजेको छ । फिल्म बाबु–छोरा बीचको कथा समेत रहेको निर्माण युनिटले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप