आईजीपी नियुक्तिविरुद्धको रिटमा सुनुवाइ सुरु
नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटमा सुनुवाइ सुरु भएको छ । सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा अहिले निवेदक विश्वराज पोखरेलको तर्फबाट पूर्णमान शाक्यले बहस गरिरहेका छन् ।
कामु प्रधान न्यायाधीश कार्की र न्यायाधीश चुडालले जेठ ३० मा सुनुवाई गरेर मुद्दा असार ५ मा हेर्दाहेर्दैमा राख्ने आदेश गरेका थिए । वैशाख १८ मा मन्त्रिपरिषद्ले धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।
एआईजी बढुवाविरुद्ध पूर्व डीआईजी ईश्वरबावु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले दायर गरेको रिटपनि आईजीपी विरुद्धको रिटसँगै लगाउमा राखेर सुनुवाइ भइरहेको छ । जेठ १७ मा न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ र कुमार चुडालको बेच्नले एआईजी बढुवा विरुद्धको रिटका प्रत्यासी धीरज प्रताप सिंह, रविन्द्र बहादुर धानुक र बसन्त पन्तको म्याद तामेल गरेर जेठ ३० मा सुनुवाइका लागी पेश गर्न आदेश गरेका थिए ।
घनश्याम अर्याल सहित ३ जना डीआईजीले अहिलेका आईजीपी धीरज प्रताप सिंह र रविन्द्र बहादुर धानुकलाई वरीयता मिचेर बढुवा गरेको भन्दै रिट दायर गरेका थिए । आईजीपी सिंहले वैशाख १९ मा कार्यभार समालेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'
-
असदलाई छिट्टै भेट्नेछु : पुटिन