शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पुनर्बीमा कम्पनीले ५ प्रतिशत बोनस सेयर बाँड्ने

आइतबार, ०५ असार २०७९, ११ : ५७
आइतबार, ०५ असार २०७९

नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०७७-७८ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर बाँड्ने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र सो बापत लाग्ने कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

प्रस्तावित बोनस सेयर भने बीमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ । हाल पुनर्बीमा कम्पनीको ११ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी कायम रहेको छ । कम्पनीले यसअघि आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लगानीकर्तालाई १६.५० प्रतिशत बोनस सेयर र २.५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप