एनएमबि बैंकले ल्यायो मुद्दतीमा डबल प्रतिफलको योजना
आइतबार, ०५ असार २०७९, ११ : ५३
एनएमबि बैंकले आफ्ना व्यक्तिगत ग्राहकहरुको लागि आकर्षक मुद्दती योजना ‘एनएमबि डबल मुद्दती’ र ‘एनएमबि जन्मभूमि डबल मुद्दती’ सार्वजनिक गरेको छ ।
एनएमबि डबल मुद्दती योजना अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात ५०,००० वा सो भन्दा बढी रकमको मुद्दती खाता खोल्दा ७६ महिना पछि सो रकम डबल हुने बैंकले जनाएको छ । त्यसैगरी, एनएमबि जन्मभूममि डबल मुद्दती योजनामा नेपालीहरुले वैदेशिक रोजगारीबाट रेमिट्यान्स आएको रकममा ७० महिनामै सो रकम डबल हुने बैंकले जानकारी गराएको छ ।
सोही योजना अन्तर्गत एनएमबि बैंकका ग्राहकहरूले आफ्नो मुद्दती रकमको ९०% सम्म क्रेडिट कार्ड सुविधा र उक्त कार्ड जारी गर्दा शुल्क नलाग्ने साथै मुद्दती रसिद धितोमा पनि ८०% सम्म कर्जा पाउन सक्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालाचतुर्दशी : पशुपतिनाथको कैलाशमा पसल राख्न प्रतिबन्ध
-
हवाई आक्रमणले तहसनहस पारिएका घरमा फर्किए लेबनानी
-
१२ बजे, १२ समाचार : विद्युत् बक्यौतामा सरकारी छेकबारविरुद्ध कुलमानको नयाँ जुक्तिदेखि युद्धविराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजानेसम्म
-
३० वर्षपछि अचाक्ली आकाशियो कफीको मूल्य
-
गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचिमा समावेश गर्न प्रदेश सरकारले पहल गर्छ : मुख्यमन्त्री सिंह
-
जुम्ला साक्षर जिल्ला घोषणा