आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

एनएमबि बैंकले ल्यायो मुद्दतीमा डबल प्रतिफलको योजना

आइतबार, ०५ असार २०७९, ११ : ५३
आइतबार, ०५ असार २०७९

एनएमबि बैंकले आफ्ना व्यक्तिगत ग्राहकहरुको लागि आकर्षक मुद्दती योजना ‘एनएमबि डबल मुद्दती’ र ‘एनएमबि जन्मभूमि डबल मुद्दती’ सार्वजनिक गरेको छ । 
एनएमबि डबल मुद्दती योजना अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात ५०,००० वा सो भन्दा बढी रकमको मुद्दती खाता खोल्दा ७६ महिना पछि सो रकम डबल हुने बैंकले जनाएको छ । त्यसैगरी, एनएमबि जन्मभूममि डबल मुद्दती योजनामा नेपालीहरुले वैदेशिक रोजगारीबाट  रेमिट्यान्स आएको रकममा ७० महिनामै सो रकम डबल हुने बैंकले जानकारी गराएको छ ।

सोही योजना अन्तर्गत एनएमबि बैंकका ग्राहकहरूले आफ्नो मुद्दती रकमको ९०% सम्म क्रेडिट कार्ड सुविधा र उक्त कार्ड जारी गर्दा शुल्क नलाग्ने साथै मुद्दती रसिद धितोमा पनि ८०% सम्म कर्जा पाउन सक्ने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप