शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

परिवर्तनका लागि सामाजिक अभियानको स्वास्थ्य शिविर सम्पन्न

आइतबार, ०५ असार २०७९, ११ : ४१
आइतबार, ०५ असार २०७९

परिवर्तनका लागि सामाजिक अभियानद्वारा विगत ११ महिनादेखि आयोजना गर्दै आएको निःशुल्क सामाजिक स्वास्थ्य शिविरको १८ औं संस्करण सम्पन्न भएको छ । 

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाहद्वारा परीक्षण भएको उक्त क्लिनिकमा मुटु रोग, रक्तचाप र मधुमेह सम्बन्धि परिक्षण गरिएको छ । ७० वर्षमाथिका करिब १०७ जना बिरामीको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको उक्त क्लिनिकमा यस पटक मुटुमा राखिएको पेसमेकरको अवस्थाको पनि जाँच गरिएको अभियानका अध्यक्ष विष्णु बरालले बताए ।

त्रिभुवन बरालको संयोजकत्वमा सम्पन्न यस शिविरमा वर्षा अग्रवाल, भोजराज श्रेष्ठ, विजय श्रेष्ठ, जेनिश शाक्य, हेम ढकाललगायतका अभियन्ताहरुको सक्रिय सहभागिता रहेको छ । 

विगत ११ महिनादेखि आयोजना गरिएको यो कार्यक्रम वडावडामा आयोजना गर्ने योजना अनुरुप १८ औं संस्करणको कार्यक्रम इलामेली समाज सुनसरीको सहकार्यमा आयोजना भएको हो । यो कार्यक्रम हरेक महिनाको पहिलो र तेश्रो शनिवार धरानका विभिन्न वडाहरुमा आयोजना हुने गर्दछ । धरान र धरान वरपरका विशेष गरी मुटुका बिरामीहरु निकै नै लाभान्वित रहेको र विशेष गरि आयोजकले यस्ता कार्यक्रमहरु आयोजना गरेकोमा मनै देखि धन्यवाद दिएको बिरामी कृपानाथ श्रेष्ठले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप