आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

एसपीपीबारे छलफल गर्न गठबन्धनका शीर्ष नेता बालुवाटारमा

आइतबार, ०५ असार २०७९, ११ : १५
आइतबार, ०५ असार २०७९

काठमाडौं । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेता प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।  छलफलका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेता बालुवाटार पुगेका हुन् । 

प्रचण्ड, नेपाल र यादवबीच शनिबार भएको छलफलमा अमेरिकालाई एसपीपी अस्वीकार गर्दै सरकारले पत्र पठाउनुपर्ने निष्कर्ष निकालेका थिए । सोही निष्कर्षअनुसार नेताहरु प्रधानमन्त्री देउवासँग छलफलका लागि बालुवाटार पुगेका हुन् । 

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकले समेत प्रधानमन्त्री देउवाको आसन्न अमेरिका भ्रमणका क्रममा कुनैपनि विवादास्पद र असंलग्न परराष्ट्र नीतिसँग मेल नखाने सहमति वा कार्य नगर्न नगराउन नेपाल सरकारलाई निर्देशन दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप