बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीबाट संसदीय समितिको अपमान : सभापति निरौला

आइतबार, ०५ असार २०७९, १० : ५०
आइतबार, ०५ असार २०७९

 प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला (खरेल)ले प्रधानमन्त्रीबाट संसदीय समितिको अपमान भएको बताएकी छन् । समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई छलफलका लागि आइतबारको बैठकमा बोलाएको थियो । उक्त बैठकमा प्रधानमन्त्री देउवा अनुपस्थित भएपछि सभापति निरौलाले यस्तो बताएकी हुन् ।

आइतबार बसेको समितिको बैठकमा सभापति निरौलाले प्रधानमन्त्रीसँग आज बिहान पनि बैठकमा सहभागिताका लागि आफूले आग्रह गरेको तर प्रधानमन्त्रीले औपचारिक पत्र नपाएको जवाफ दिएको जानकारी गराइन् ।

‘यसरी ताकेता गर्दा पनि प्रधानमन्त्रीज्यूले बैठकमा नआएर संसदीय समितिकै अपमान र अवहेलना गर्नुभयो,’ बैठकमा उनले भनिन् । बैठकमा काँग्रेस सांसद पुष्पा भुसालले प्रधानमन्त्री बैठकमा सहभागी हुने तर आजका सन्दर्भमा भने व्यस्तताका कारण आउन नसकेको बताइन् ।

अमेरिकासँग ‘स्टेट पार्टनरशीप प्रोग्राम’ (एसपीपी)का बारेमा छलफलका लागि प्रधानमन्त्री देउवालाई बोलाइएको थियो । समितिको यसअघि बसेको दुई वटा बैठकमा यस विषयमा छलफल भइसकेको छ । प्रधानमन्त्री देउवालाई छलफलका लागि असार ५ गते बोलाउने निर्णय समितिले यसअघि नै गरेको थियो । प्रतिनिधिसभा बैठकमा पनि एसपीपीका बारेमा सांसदहरुले प्रश्न उठाएका छन् । रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा र संसदीय समितिमा यसबारे अहिलेसम्म आफ्नो धारणा राखेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप