पूर्व माओवादीहरु एक ठाउँमा आउने वातावरण बन्दैछ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पूर्व माओवादीहरू सबै एक ठाउँमा आउने वातावरण बन्दै गएको बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समिति बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले सबै पूर्व माओवादीहरू एक ठाउँमा जुट्ने अवस्था बन्दै गएको विश्वास दिलाए ।
‘हामी करिव करिव पूर्व माओवादीहरू एक ठाउँमा आउँने वातावरण बनेको छ । अब विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिँदै छ ’ ‘प्रचण्डले भने, ‘त्यसको असर विभिन्न जनसंगठनहरूमा देखिँदै छ । कर्मचारीमा पनि देखिँदै छ । बाँकी रहेका साथीहरु पनि एकीकृत र केन्द्रीत हुने विश्वास लिएको छु ।’
संघीयता उल्ट्याउन विभिन्न शक्तिहरु लागि परेकाले सजक रहन कर्मचारीलाई आग्रह गरे । ‘संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने तत्वहरु अहिले पनि सक्रिय छन् । उपल्लो तहका कर्मचारीहरु संघीयता र निजामती ऐन अघि बढाउने कुरामा वा वृद्धि विकासका लागि हामीले लग्न खोजिएका कुरामा सम्बोधन गर्न नदिने प्रकारान्तरले लागि परेका छन् ’ उनले भने, संघीयताको रक्षाका लागि कर्मचारी, नागरिक समाज, विद्यार्थी, मजदुर सबै एक जुट भई लाग्नु प¥यो । यो संविधानलाई अझ परिमार्जन गरेर व्यवस्थित गरेर लग्नु छ ।’ कर्मचारीबाट यो पटक केन्द्रीय समितिमा समेटिने प्रचण्डले विश्वास दिलाएका छन् ।