बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रातोपाटीकर्मी न्यौपानेलाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’

आइतबार, ०५ असार २०७९, ०९ : १२
आइतबार, ०५ असार २०७९

रातोपाटीकर्मी मनोज न्यौपाने ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७८’ बाट पुरस्कृत भएका छन्। चलचित्र पत्रकार संघ नेपालले आफ्नो २३ औँ वार्षिकोत्सवका अवसरमा न्यौपानेलाई उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुुर कार्की, महानायक राजेश हमाल, अभिनेता रमेश उप्रेती, संघका अध्यक्ष दिनेश सिटौला लगायतले पुरस्कार प्रदान गरेका थिए । न्यौपानेले पुरस्कार स्वरूप एकथान ल्यापटपसहित प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन् । 

संघले पत्रकारिता सुरुवातको छोटो समयमै मजबुत कलमका साथ चलचित्र पत्रकारिता क्षेत्रमा बलियो उपस्थिति जनाएको र आगामी दिनमा अझ सशक्त रूपमा चलचित्र पत्रकारितामा क्रियाशील रहन उत्प्रेरित गर्दै उक्त पुरस्कार प्रदान गरेको छ । 

वार्षिकोत्सवका अवसरमा संघले न्यौपानेसहित ‘चलचित्र पत्रकारिता सम्मान २०७७’बाट वरिष्ठ चलचित्र पत्रकार शान्तिप्रिय र राजन घिमिरे, ‘चलचित्र पत्रकारिता पुरस्कार २०७७’ बाट दिवाकर मैनाली र आर. डि. शृंखला (राजन दाहाल)लाई पुरस्कृत गरेको छ । त्यस्तै, ‘चलचित्र पत्रकारिता सम्मान २०७८’बाट सुव्रतराज आचार्य र सन्दीप सापकोटा, ‘चलचित्र पत्रकारिता पुरस्कार २०७८’बाट कुमार आचार्य र गीता अधिकारी, ‘मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७८’ बाट पोखराका रेम रसाइलीलाई पुरस्कृत गरिएको छ । 

यस्तै ‘चलचित्र पत्रकारिता सम्मान २०७९’बाट राजाराम फुयाँल र लक्ष्मण सुवेदी, ‘चलचित्र पत्रकारिता पुरस्कार २०७९’बाट नेमिष गौतम र विष्णु प्रसाद सुवेदी, ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७९’बाट उद्धव रसाइली र ‘मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७९’बाट मकवानपुरका श्रीराम अर्जुनलाई पुरस्कृत गरिएको छ । चलचित्र पत्रकारिता पुरस्कार ५१ हजार राशि र मोफसल चलचित्र पत्रकारिता पुरस्कार २५ हजार राशि सहित प्रदान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप