शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

काँग्रेस-एमालेको घोषणापत्रलाई पनि नीति तथा कार्यक्रममा समेट्ने बालेनको तयारी

आइतबार, ०५ असार २०७९, ०९ : ०८
आइतबार, ०५ असार २०७९

काठमाडौं महानगरपालिकाले आज आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । आइतबार दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा नीति तथा कार्यक्रम सार्वजनिक गरिने महानगरपालिकाका प्रवक्ता बसन्त आचार्य बताउँछन् । 

महानगरका मेयर बालेन्द्र शाहले नीति तथा कार्यक्रममा काँग्रेस एमाले र एकीकृत समाजवादीका घोषणापत्रमा समावेश कार्यक्रमलाई पनि समेट्ने बताइएको छ । महानगरमा नेपाली काँग्रेसले १९, एमालेले १२ र एकीकृत समाजवादीले एउटा वडामा जित हासिल गरेको थियो ।  

नीति तथा कार्यक्रम सार्वजनिक गर्नुअघि कार्यपालिका बैठक बसेर त्यसलाई अनुमोदन गर्ने तयारी छ । नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्नका लागि तीन सदस्यीय समिति बनाएको थियो । महानगरपालिकाले आगामी १० असारमा बजेट ल्याउने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप