आफ्नो जन्मदिन नमनाउन राहुल गान्धीको अपिल

भारतीय कांग्रेस नेता राहुल गान्धीले पार्टीका नेता तथा कार्यकर्तालाई आइतबार आफ्नो जन्मदिन नमनाउन अपिल गरेका छन् । राहुल गान्धीले पार्टीका कार्यकर्ता र नेताहरूलाई सन्देश जारी गर्दै देशका युवाहरू आक्रोशित रहेको र सडकमा आन्दोलन गरिरहेको बताएका छन् । यस्तो अवस्थामा कांग्रेस कार्यकर्ता युवाको साथमा उभिनुपर्ने उनको भनाइ छ ।
कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी आइतबार ५२ वर्षको भएका छन् । कांग्रेस नेता जयराम रमेशले ट्विटरमा राहुल गान्धीको सन्देश ट्वीट गरेका छन्। यसमा राहुल गान्धीले देशको वातावरण निकै चिन्ताजनक रहेको बताएका छन् । सेना भर्तीको लागि 'अग्निपथ' योजनाको विरुद्ध देशका धेरै भागहरूमा भइरहेको विरोधको सन्दर्भमा राहुल गान्धीले भनेका छन्, "देशका युवाहरू निराश छन्। हामी यस समयमा उनीहरू र उनीहरूको परिवारसँग उभिनु पर्छ।"
"मेरो जन्मदिन कुनै पनि हालतमा नमनाउन म देशभरका कांग्रेस कार्यकर्ता र शुभचिन्तकहरूलाई अपिल गर्दछु," उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा तीव्र हावाहुरीको चेतावनी, पश्चिम र पूर्वी क्षेत्र प्रभावित
-
युवराजले भने, ‘राजतन्त्र फर्कने कुनै सम्भावना छैन’
-
‘एमाले नेतृत्वको सरकार बनेपछि देश स्थिरताको बाटोमा’
-
ललितपुरमा सकारात्मक सोँच सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
-
युवा साहित्य सम्मेलनको वक्तृत्वकलामा विनिताले जितिन् एक लाख पुरस्कार
-
काठमाडौँ महानगरले प्रकाशन गर्यो कक्षा ८ को अन्तिम नतिजा