चन्दननाथ मन्दिरमा विवाह गर्न जन्म दर्ता प्रमाणपत्र अनिवार्य
![चन्दननाथ मन्दिरमा विवाह गर्न जन्म दर्ता प्रमाणपत्र अनिवार्य](https://rpcdn.ratopati.com/media/albums/chandannath_StdI73qgQc.jpg)
कर्णालीको प्रसिद्ध चन्दननाथ मन्दिरमा विवाह गर्न जाँदा जन्म दर्ता प्रमाणपत्र अनिवार्य हेर्ने गरिएको छ । बालविवाह रोक्नका लागि मन्दिरमा विवाह गर्न जाने जोडीले स्पष्ट रुपमा परिचय खुल्ने प्रमाणपत्र बोकेर ल्याउनुपर्ने प्रावधान बनाइएको हो ।
पछिल्लो समयमा मन्दिरमा विवाह गर्दा कुनै वास्ता नहुने गुनासो बढेपछि जुम्लाको चन्दननाथ मन्दिरमा अनिवार्य जन्म दर्ता प्रमाणपत्र चाहिने अवधारणा अघि सारिएको चन्दननाथ भैरवनाथ गुठी समितिका अध्यक्ष पुर्णसिंह कठायतले बताए । चालू आर्थिक वर्ष देखि यो निति अघि सारेको उनले बताए ।
उनका अनुसार यो चालू आर्थिक वर्षको अहिलेसम्म ३० जना जोडीले मन्दिरमा विवाह गरेको तथ्यांक छ । उनीहरु सबै जोडीहरूले उमेर पुगेर विवाह गरेका हुन् । 'मन्दिरमा सुटुक्क विवाह गर्न पाइन्छ । उमेरको सोधि खोजी हुँदैन भन्ने भ्रम छ । जसका कारण अधिकांश उमेर नपुगेका जोडी मन्दिरमा विवाह गर्न चाहन्छन् । यो भ्रम चिर्नका लागि अनिवार्य जन्म दर्ता ल्याउनुपर्ने व्यवस्था गरिएको हो', गुठीका सुब्बा रत्ना आचार्यले भने ।
'अहिले उमेर पुगेका जोडी मात्र विवाह गर्न मन्दिरमा आउने गरेका छन् । मन्दिरमा कडाइ नहुँदा बालबालिका विवाह गर्न आउन सक्ने सम्भावना बढेको थियो । कसैले ललाइ फकाई गरेर विवाह गर्न ल्याउने पनि गरिएको देखिन्छ, उनले भने, उमेर नपुगि विवाह गर्ने बालबालिकाको भविष्य बिग्रेको हामी चाहँदैनौ। यसैका लागि मन्दिरमा विवाह गर्दा अनिवार्य २० वर्ष नाघेको हुनुपर्ने व्यवस्था गरिएको हो ।'
बालबालिका मन्दिरमा विवाह गर्न आएपछि अनिवार्य रुपमा उनीहरुका अभिभावकलाई बोलाइन्छ । उनीहरुको सबै कागजात ल्याउन लगाइन्छ । सबै हिसाबले बालबालिका ठहरिएको खण्डमा सम्झाइबुझाइ गरेर अभिभावकको जिम्मा लगाइन्छ । सुब्बा आचार्यका अनुसार कम उमेरमा विवाह गर्न चाहने जोडीलाई मन्दिर प्रवेशमा प्रतिबन्ध गरिएको छ ।
गुठी समितिले सम्झाउँदा नमान्ने परिवारलाई नजिकैको प्रहरीको जिम्मा लगाउने गरिएको छ । मन्दिरभित्र सुरक्षाका लागि बसेका प्रहरीले बालविवाह गर्दा भोग्नुपर्ने कानुनी सजायका बारेमा जानकारी दिने गरेका छन् । स्वास्थ्य, शिक्षा र भविष्य बिग्रने बारेमा समेत सचेत गराउँदै आइएका छन् ।
मन्दिरको यो कदमले जुम्लामा बढ्दो बालविवाह न्युनिकरणमा टेवा पुग्ने विश्वास लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९ महिना युक्रेनीको कब्जामा रहेका २ नेपाली स्वदेश फिर्ता (तस्बिरहरू)
-
बैंकविरुद्ध भ्रम नफैलाउन चार संस्थाकाे आग्रह
-
पूर्वप्रेमीले व्यक्तिगत सम्बन्धका भिडियो आफन्तको म्यासेन्जरमा पठाएपछि...
-
पूर्वाधार समितिमा मन्त्री खड्कालाई सत्ता र प्रतिपक्ष सांसदहरूको प्रश्नै–प्रश्न
-
भूमि आयोगको जिल्ला समितिमा १०१ जना सदस्य नियुक्त, को–कहाँ ? (सूचीसहित)
-
मेक्सिकन क्लब मोन्टेरीमा आबद्ध भए रियल म्याड्रिडका पूर्वखेलाडी सर्जियो रामोस