सुकेटार विमानस्थलमा १ महिनादेखि उडान अवरुद्ध
ताप्लेजुङको एकमात्र सुकेटार विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध बनेको छ । निरन्तर वर्षा र तुँवालोले गर्दा हवाई उडान अवरुद्ध हुँदै आएको हो ।बाक्लो तुँवालो र निरन्तर वर्षाका कारण उडान अवरुद्ध हुन पुगेको नेपाल वायुसेवा निगम ताप्लेजुङका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बूले बताए।
पछिल्लो केही दिनयता ताप्लेजुङमा निरन्तर वर्षा भइरहेको छ । निरन्तर वर्षा र बादलसँगै प्रतिकूल मौसम कायम रहेकाले उडान निरन्तर अवरुद्ध हुँदै आएको निगमले जनाएको छ ।
प्रतिकूल मौसमका कारण गत जेठ २ गतेदेखि विमानस्थलमा उडान अवरुद्ध भएको हो । मौसममा सुधार नआएसम्म उडान सम्भव नभएको निगमका स्टेशन इन्चार्ज लिम्बूले बताए । निगमका अनुसार सुकेटारमा साताको सोमबार, बुधबार र शुक्रबार तीन दिन काठमाडौँ–ताप्लेजुङ नियमित उडान तालिका रहेको छ । तर प्रतिकूल मौसम भएसँगै अहिले उडान अवरुद्ध भएको छ । लामो समयसम्म उडान अवरुद्ध हुँदा प्रत्यक्षरूपमा यात्रुलाई मार परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको विश्वासको मतमा सर्वोच्च अदालतले उठायो प्रश्न, जेठ १० सुनुवाइका लागि पेशी तोकियो
-
सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिँदै
-
टिकापुरको जग्गा ५० हजार रुपैयाँमा किनेको हुँ : आरजु राणा
-
जलवायु परिवर्तन र हिमाल जोगाउने मुद्दालाई बिमस्टेकले गम्भीरतापूर्वक लेओस् : राष्ट्रपति पौडेल
-
बारम्बार मोबाइल तातिरहेको छ ?
-
अत्यधिक गर्मीका कारण दिल्लीका विद्यालय बन्द गर्न आदेश