बुधबार, २४ पुस २०८१
ताजा लोकप्रिय

अष्ट्रेलिया र क्यानडाको सपना देखाएर २१ लाख ठगी

आइतबार, ०५ असार २०७९, ०६ : ५५
आइतबार, ०५ असार २०७९

विदेशमा राम्रो रोजगारीको सपना देखाएर ठगी गर्नेहरु उपत्यकामा सक्रिय छन् । काठमाडौं उपत्यकामा सवैभन्दा धेरै ठगी अपराध हुने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउँछन् ।

बाराको जितपुर सिमरा उप–महानगरपालिका घर भएका ३२ वर्षीय रुपेश कार्कीले अष्ट्रेलिया र क्यानडा पठाउने सपना देखाएर ठगेका छन् । डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया र क्यानडा पठाउँछु भनेर ठगेको आरोपमा कार्कीलाई काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।

कार्कीले दुई जनाबाट २१ लाख रुपैयाँ ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पोखरा महानगरपालिका घर भएकी २२ वर्षीया युवतीलाई आरोपीले क्यानडा पठाउँछु भनेर ११ लाख ७१ हजार नगद ठगी गरेका हुन् । काठमाडौंको पेप्सिकोला बस्ने २८ वर्षीया अर्की युवतीलाई डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया  पठाउँछु भनेर उनले ९ लाख ७५ हजार ठगेको अनुसन्धानबाट थाहा भएको एसपी मैनालीले जानकारी दिए ।

ठगी मुद्दामा प्रहरीले उनलाई जिल्ला अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ । आरोपी काठमाडौंको हाँडीगाउँ बस्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप