बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बृहस्पति विद्या सदनद्वारा रोड रेसको आयोजना

शनिबार, ०४ असार २०७९, २१ : ५६
शनिबार, ०४ असार २०७९

ओलम्पिक महिनाको अवसरमा काठमाडौंको बृहस्पति विद्या सदनले ५ किलोमिटर लामो रोड रेसको आयोजना गरेको छ । नेपाल ओलम्पिक कमिटी अनतर्गतको खेलकुद तथा वातावरण आयोगसँगको समन्वयमा आयोजना गरिएको उक्त प्रतियोगितामा ५ फिट भन्दा कम उचाइ भएका करिब १२० विद्यार्थीको सहभागिता थियो ।

उक्त प्रतियोगितामा छात्र तर्फबाट महेन्द्र भवन विद्यालयका विश्वास कठायतले प्रथम स्थान हासिल गरेका छन् । उनले १४ मिनेट ५४ सेकेण्डमा दौड पुरा गरेका थिए भने दोस्रो स्थान शान्ति विद्या स्कुलका प्रदिप रोका भएका छन् । उनले १५ मिनेट १६ सेकेण्डमा दौड पुरा गरेका थिए । त्यस्तै आदर्श विद्या मन्दिरका छात्र आभुषण सिंहले तेश्रो स्थान प्राप्त गरेका छन् । उनले १६ मिनेट ४२ सेकेण्डमा दौड सकेर सुरक्षित गरे ।

यता छात्रातर्फ भने अनमोल ज्योति स्कुलकी सुनिता रोकाया प्रथम भएकी छन् । उनले १८ मिनेट १६ सेकेण्डमा दौड पुरा गरेकी थिइन् । २० मिनेट १७ सेकेण्डमा दौड पुरा गरेकी पारागन पब्लिक स्कुलकी रेश्मा घर्तीले दोस्रो स्थान हासिल गरिन् भने अनमोल ज्योतिकै अर्पना लामाले २० मिनेट ३३ सेकेण्डमा दौड पुरा गरेर तेस्रो स्थान हासिल गरिन् 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप